Logo ११ श्रावण २०८३, सोमबार | Mon Jul 27 2026


एमालेले भन्यो–‘आचारसंहिताभित्रै रही प्रचार–प्रसार’


0
Shares

एमाले निर्वाचन परिचालन कमिटीका प्रवक्ता विष्णु रिमालले बुधबार विज्ञप्ति निकाल्दै आयोगले तोकेका आचारसंहिताभित्र नै रही निर्वाचन प्रचारका सबै कार्यक्रम सन्चालन गरिएको जानकारी दिए ।

‘आयोगजस्तो गरिमामय संस्थाले तोकेको आचारसंहिता पालना गर्नुलाई हामीले बाध्यता होइन, दायित्वकोरुपमा लिनुपर्ने हुन्छ’–विज्ञप्तिमा उल्लेख छ ।

एमालेले चुनाव चिह्न वा शीर्ष नेताहरूको तस्वीरसहितको कुनैपनि प्रचार कार्य गर्दा आचारसंहिताको सीमाभित्र रही गर्न मतदाता र समर्थकलाई आग्रह गरेको छ ।

निर्वाचन आचारसंहिताविपरीत कार्य गरेको भन्दै आयोगले मंगलबार एमाले अध्यक्ष केपी शर्मा ओलीसँग स्पष्टीकरण माग गरेको थियो । रासस