२६ जेष्ठ २०८२, सोमबार | Mon Jun 9 2025


उत्तर कोरियासँग सम्बन्ध विच्छेद गर्न सबै मुलुकलाई अमेरिकाको आग्रह


0
Shares

संयुक्त राष्ट्र संघीय सुरक्षा परिषद्‌मा बोल्दै अमेरिकी राजदूत निक्की हेलीले उत्तर कोरियाली कदमले उक्त क्षेत्रलाई थप अस्थिर बनाएको पनि बताए ।

राष्ट्रपति डोनल्ड ट्रम्पले चिनियाँ समकक्षीलाई प्योङयाङलाई तेल पठाउन बन्द गर्न आग्रह गरेको जानकारी पनि उनले दिए ।

अमेरिकाले द्वन्द्व नचाहेको भन्दै उनले यदि युद्ध भए उत्तर कोरिया नराम्ररी ध्वस्त हुने चेतावनी उनले दिए ।

दुई महिनापछि प्योङयाङले अमेरिकाको जुनसुकै स्थानमा मार हान्नसक्ने क्षमताको क्षेप्यास्त्र परिक्षण गरेको दावीपछि अमेरिकाले फेरि चेतावनी दिएको हो ।

उत्तर कोरियाले बुधबार परीक्षण गरेको क्षेप्यास्त्र चार हजार ४७५ किलोमिटर उचाइमा पुगेको दावी गरिएको छ ।

यो इन्टरन्याशनल स्पेस स्टेशनभन्दा दश गुणामाथि हो र त्यसको टुप्पो पृथ्वीको वायुमण्डलमा फेरि प्रवेश गर्न सक्ने क्षमताको मानिएको छ ।

उत्तर कोरियाली नेता किम जङ उनले क्षेप्यास्त्र परीक्षणलाई त्रुटिरहित र ठूलो उपलब्धि दावी गरेका बेला विज्ञहरुले उत्तर कोरियासँग त्यस्तो प्राविधिक दक्षता रहेकामा शंका व्यक्त गरेका छन् ।

द हवासङ–१५ नाम गरेको अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल झन्डै एक हजार किलोमिटर दूरी पार गरेर जापानी समुद्रमा खसेको थियो ।

उत्तर कोरियाको गतिविधिका कारण दक्षिण कोरिया, जापान, अमेरिकासहितका देशमा तनाव बढेको छ ।

अमेरिकी राष्ट्रपति ट्रम्पले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग उत्तर कोरियालाई मनाउन सबै प्रयास गर्न आग्रह गरेका छन् । (एजेन्सी)