३ असार २०८२, मंगलबार | Tue Jun 17 2025


कपिलवस्तुमा नमुना मतदान


0
Shares

निर्वाचन आयोगले स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा सबैभन्दा बढी बदर मत कपिलवस्तुमा भएको जानकारी दिएसँगै निर्वाचन कार्यालयले मतदाता शिक्षा प्रभावकारी बनाउन लागेको हो ।

निर्वाचन कार्यालयले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि मतदाता शिक्षा प्रभावकारी बनाउन भन्दै मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई प्रशिक्षणसँगै नमुना मतदान अभ्यास गराएको हो ।

जिल्लाका ४१० मतदानस्थलमा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई सदरमुकाम तौलिहवामा दुईदिने प्रशिक्षणको दिइएको हो ।

नमुना मतदानमा महिला, पुरुष, अशक्त र वृद्धवृद्धाको लाइन मिलाउने, मतदाता परिचयपत्र रुजु गर्ने, मतदान अधिकृतको हस्ताक्षर रुजु गर्ने र गोप्य स्थानमा पुगी उम्मेदवारलाई मत दिन सिकाइएको थियो ।

स्वस्तिक छाप लगाएपश्चात मत बदर नहुने गरी पट्याउने विधि पनि सिकाइएको थियो ।