Logo ११ श्रावण २०८३, सोमबार | Mon Jul 27 2026


सिंहले आफ्नै पत्नीलाई मतदान नगर्ने


0
Shares

सिंह पत्नी दुर्गा पौडेल प्यूठानबाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय जनमोर्चाबाट उम्मेदवार छिन् । राजमो मसालको खुला संगठन हो ।

उनसँग लोकतान्त्रिक गठबन्धनबाट नेपाली कांग्रेसका प्रा. डा. गोविन्दराज पोखरेल चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । नेता सिंह चुनाव प्रचार–प्रसारका लागि भने अहिले यहीँ छन् ।

रासससँग कुरा गर्दै नेता सिंहले आफूले वि.सं. २०१५ को निर्वाचनमा उम्मेदवार हुँदा पनि आफैंलाई मतदान नगरेको बताए ।

सिंह पहिलोपटक वि.सं. २०१५ मा भएको संसदीय निर्वाचनमा तत्कालीन क्षेत्र नम्बर–८५ प्यूठानबाट नेपाल कम्युनिष्ट पार्टीबाट सांसदमा उम्मेदवार थिए । त्यसपछिको संसदीय र स्थानीय निर्वाचनमा पनि मतदान नगरेको नेता सिंहले सुनाए ।

त्यसबेला उनी एक हजार २०० मत अन्तरले हारेका थिए । उनलाई पराजित गरी नेपाली कांग्रेसका पुरुषोत्तम अधिकारी पहिलो संसदीय निर्वाचनमा प्यूठानबाट सांसद बनेका थिए ।

‘सार्वजनिक कार्यक्रम र टेलिभिजनजस्ता दृश्य सन्चारमाध्यममा प्रस्तुत् नहुने भएकाले म अहिले पनि अर्धभूमिगत छु, पार्टी कार्यकर्ता र पत्रकारसँगचाहिँ कुरा हुन्छ’–उनले भने ।

धेरै कम्युनिष्ट नेताका गुरु सिंह देशको आवश्यकता पूर्ति गर्न अझै आफू अर्धभूमिगत रहेको बताउँछन् ।

धेरै प्यूठानीलाई राजनीतिक प्रशिक्षण दिएका उनलाई यहाँका सामान्य मानिसले पनि गुरु भनी सम्बोधन गर्छन् ।

‘अर्धसामन्ती एवं अर्धऔपनिवेशिक अवस्था रहेसम्म म अर्धभूमिगत रहन्छु, साम्यवादी जनसत्ता स्थापनाका लागि लामो संघर्ष गर्नुपर्छ, यसका लागि म लामो समयदेखि लागेको छु’–उनले भने ।

केही वामपन्थी दल मिलेर प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि गठबन्धन बनाएपनि वाम दलबीच चुनावलगत्तै एकताको सम्भावना नरहेको उनको भनाइ छ ।

सबै कम्युनिष्टबीच एकता भएर एउटै दल हुनुपर्ने आवश्यकता रहे पनि धेरै छलफल आवश्यक रहेको नेता सिंहले बताए ।

‘संघीयताकाबारेमा हाम्रो नेकपा एमाले र नेकपा माओवादी केन्द्रसँग मतभेद छ, छलफलद्वारा मतभेदलाई अन्त्य नगरेसम्म अहिले नै वाम दलबीच एकता हुन सक्दैन, सैद्धान्तिकरुपमा गहन बहसको जरुरी छ’–उनले भने ।

कांग्रेसको पुरानो नेतृत्वले लोकतान्त्रिक शासन व्यवस्थाका लागि लडे पनि वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाबाट यसको रक्षा हुन नसक्ने आरोप नेता सिंहले लगाए ।

लोकतन्त्रकै रक्षाका पनि वाम दलबीच गठबन्धन गरेर चुनावमा जानुपरेको उनले सुनाए ।

आफ्नो दल जनवादी शासन व्यवस्थाको पक्षमा रहे पनि संसदीय शासन व्यवस्थालाई तत्कालीन रणनीतिकारुपमा उपयोग गरेको उनले बताए ।

प्रतिनिधिसभा सदस्यका लागि एक र प्रदेशसभा सदस्यका लागि दुई गरी तीन पदका लागि प्यूठानमा यही मंसिर २१ गते मतदान हुँदैछ ।