Logo ३० भाद्र २०८३, मंगलबार | Tue Sep 15 2026


विभिन्न स्थानमा भएको बम विस्फोटका घटनाको भर्त्सना


0
Shares

‘कतिपय बम विस्फोटका हिंसात्मक घटनाबाट बालबालिकासमेत घाइते हुन पुग्नु दुःखको विषय हो, यसप्रकारका हिंसात्मक घटना एवं लोकतन्त्रविरोधी गतिविधि हुन नदिन सम्बन्धित सबै पक्षको गम्भीर ध्यानाकर्षण गराउँछौँ’ समितिद्वारा बिहीबार जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

समितिले बालबालिकाको संरक्षणलाई प्राथमिकतामा राख्दै निर्वाचनमा सहभागी राजनीतिक दल तथा नागरिकले चुनावीसभा, सम्मेलन, गोष्ठी, र्‍याली, मतदान केन्द्र र विजयी उत्सव र्‍यालीलगायतका समारोहमा बालबालिकाको प्रयोग तथा उपस्थिति नगर्न÷नगराउनुहुन अनुरोधसमेत गरेको छ ।

लोकतन्त्रमा कुनैपनि समस्या समाधानको मूलमन्त्र संवाद नै भएकाले आफ्ना मागबारे सम्बन्धित पक्षसँग संवाद गरी बम विस्फोटनजस्ता हिंसात्मक कार्य नगर्न पनि सम्बन्धित पक्षलाई विज्ञप्तिमार्फत अनुरोध गरिएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘देशमा शान्तिसुरक्षा कायम गरी बालबालिकाको जीवनरक्षामा अझ बढी संवेदनशील हुन एवं हिंसात्मक कार्य गर्ने जो कसैलाई कानूनबमोजिम कारबाही गर्न पनि सम्बन्धित निकायलाई हार्दिक अनुरोध गर्दछौँ ।’ रासस