Logo ३० असार २०८३, मंगलबार | Tue Jul 14 2026


राष्ट्रपतिद्वारा आयात प्रतिस्थापनमा लाग्नुपर्नेमा जोड


0
Shares

नेपाल चेम्बर अफ कमर्सले आयोजना गरेको चेम्बर मेलाको बिहीबार राजधानीमा उद्घाटन गर्दै उनले बढ्दो व्यापार घाटा कम गर्न आत्मनिर्भर बन्नेतर्फ लाग्नुपर्नेमा जोड दिएकी हुन् ।

स्थानीय तह, प्रादेशिक एवं प्रतिनिधिसभा सदस्य निर्वाचनपछि राजनीतिक संक्रमणको अन्त्य हुने विश्वास व्यक्त गर्दै राष्ट्रपति भण्डारीले समाजवादउन्मुख अर्थतन्त्रका लागि सबैको योगदान आवश्यक पर्ने बताइन् ।

चेम्बर अध्यक्ष राजेशकाजी श्रेष्ठले कमजोर पूर्वाधारले स्वदेशी उत्पादन न्यून रहेको र प्रतिस्पर्धी हुन नसकेको बताए ।

स्वदेशी प्रविधिको प्रयोग बढाउन र निर्यातमा सहयोग गर्न व्यापार मेला आयोजना गरेको उनको भनाइ थियो ।

मेलाले निर्यात बढाउन विदेशीसँग सम्पर्क बढाउन सहयोग पुर्‍याउने उनले उल्लेख गरे ।

वाणिज्य मन्त्रालयका सचिव चन्द्रकुमार घिमिरेले निर्यातको तुलनामा आयात उच्चदरले बढ्नु चिन्ताको विषय रहेको भन्दै व्यापार घाटा कम गराउन निर्यातयोग्य वस्तुको प्रबद्र्धनमा प्राथमिकता दिइएको बताए ।

पाँचदिने मेलामा नेपालसहित भारत, थाइल्यान्ड, पाकिस्तान, बंगलादेश, चीन, दक्षिण कोरिया र जापानका उत्पादन राखिएका छन् ।

मेलामा साझेदार रहेको कोरियाको २३ र थाइल्यान्डका १५ ओटा स्टलसहित कुल २२५ ओटा स्टल रहेका छन् । मेला मंसिर १८ गतेसम्म चल्नेछ ।