Logo ८ असार २०८३, सोमबार | Mon Jun 22 2026


अशक्तहरुले सहजरुपमा भोट खसाल्ने वातावरण बनाउन प्रमुख आयुक्तको निर्देशन


0
Shares

शुक्रबार ललितपुरका मतदान तथा सहायक मतदान अधिकृतहरुका लागि आयोजित दुईदिने प्रशिक्षणमा डा. यादवले दृष्टिविहीनहरुले मतदान अधिकृतहरुलाई विश्वास गरेर जुन पार्टीमा भोट खसाल्ने भन्छन्, उनीहरुको विश्वासलाई कायम राखी भोट खसाली दिन मतदान अधिकृतहरुलाई आग्रह गरे ।

मतदान सकिएपछि मतपेटिका सुरक्षित राख्नेदेखि ढुवानीसम्ममा मतदान अधिकृतको सहभागिता चाहिने भन्दै डा. यादवले आचारसंहिता पूर्णरुपमा पालना भए÷नभएको हेर्न आग्रह गरे ।

मतदान अधिकृतहरुलाई मतदान गर्न सिकाउने, सहयोग गर्ने, मतपेटिका सुरक्षित राख्नेदेखि आचारसंहिताको पालना भए÷नभएको हेर्नेसम्बन्धी प्रशिक्षण दिइनेछ ।

प्रशिक्षणमा १०२ जना मतदान तथा सहायक मतदान अधिकृतहरु सहभागी छन् ।