
शुक्रबार कैलालीको धनगढीमा नेपाल प्रेस युनियनले गरेको पत्रकार सम्मेलनमा उनले ढुक्कसँग मतदान गर्न मतदातालाई अपिल गरे ।
देउवाले सुरक्षा व्यवस्था कडा पारिएको भन्दै मतदातालाई निर्धक्क हुन पनि आग्रह गरे ।
प्रधानमन्त्री देउवाले पहिलो चरणको निर्वाचनमा छिटपुट घटना भएपनि दोस्रो चरणका लागि सुरक्षा व्यवस्था अझ बलियो बनाइएको दाबी गरे ।
छिटफुट घटना हुँदैमा शान्ति–सुरक्षाको अवस्था बिग्रेको भन्न नमिल्ने उनको भनाइ थियो ।
पहिलो चरणको निर्वाचनले जनता उत्साहित भएको बताउँदै देउवाले दोस्रो चरणको निर्वाचनमा पनि जनता सक्रिय भएर मतदानमा सरिक हुने विश्वास व्यक्त गरे ।
देउवाले शुक्रबार नै डोटीको बोगटान, सायल र अछाममा आयोजना गरिने चुनावीसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
शुक्रबार बेलुकी भने गृहजिल्ला डडेलधुरा पुग्ने बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्