Logo ७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026


भक्तपुरमा कुहिएको अवस्थामा पुरुषको शव फेला


0
Shares

भक्तपुरको सूर्यविनायक नगरपालिका– १० साँगा मुसी गणेश मन्दिर नजिकै खोल्सामा कुहिएको शव भेटिएको महानगरीय प्रहरी वृत्त जगातीका प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिए ।

झापा धौलाढुवा नगरपालिका– ९ लकडी गड्डी टोल घर भई हाल सूर्यविनायक– ८ सिपाडोल बस्ने ३२ वर्षीय सतार जातका फागु टुडुको शव भेटिएको उनले जानकारी दिए ।

टुडु हराएर खोजी गर्न प्रहरीमा आफन्तले खबर गरेको केही दिनपछि शुक्रबार स्थानीयवासीले शव फेला परेको जानकारी गराएपछि प्रहरीले शव परीक्षणका लागि शिक्षण अस्पताल महाराजगन्ज पठाएर अनुसन्धान सुरु गरेको श्रेष्ठले जानकारी दिए । रासस