Logo ११ श्रावण २०८३, सोमबार | Mon Jul 27 2026


प्रधानमन्त्री म नै हुन्छु : देउवा


0
Shares

नेपाली कांग्रेस अछामले शुक्रबार मंगलसेनमा आयोजना गरेको चुनावीसभालाई सम्बोधन गर्दै देउवाले आफू सुदूरपश्चिमको बासिन्दा भएकाले यहाँको विकास आफूलेमात्रै गर्नसक्ने दाबी गरे ।

उनले निर्वाचनमा वाम गठबन्धन विजयी भएमा केपी ओली प्रधानमन्त्री हुने भन्दै ‘ओली पूर्वको मान्छेले यताको विकासमा ध्यान दिँदैनन्’–भने ।

कम्युनिष्टले मुलुकमा एकदलीय तानाशाही शासन ल्याउन खोजेको आरोप पनि उनले लगाए ।

विकासको नाममा कम्युनिष्टले सिन्कोसमेत नभाँचेको आरोप लगाउँदै उनले कांग्रेसले जिते विकासको सबै जिम्मा आफूले लिने बताए ।

‘तपाइँ कांग्रेसलाई जिताउनोस्, सामाजिक सुरक्षाभत्ता दोेब्बर हुन्छ । बेरोजगार युवालाइ पनि भत्ताको व्यवस्था हुन्छ’–उनले भने ।

देउवाले शुक्रबारै अछामको साँफेबगरमा आयोजित कांग्रेसको चुनावीसभालाई पनि सम्बोधन गरेका थिए ।