शनिबार सर्लाहीको बरहथवामा आयोजित चुनावी सभालाई सम्वोधन गर्दै डा. भट्टराईले मधेसी जनताको अधिकारका लागि पनि संविधान संशोधन आवश्यक रहेको तर्क गरे ।
उनले अहिलेको संविधान अपुरो र सबै समुदायको भावना अनुसारको नभएकाले संशोधन गर्न नयाँ शक्ति पार्टीले साथ दिने बताए ।
फरक प्रसङ्गमा उनले मधेसका पुराना नेताले जनतालाई झुक्याएर ठग्ने काम मात्रै गरिरहेको आरोप लगाए ।
डा. भट्टराईले शनिबार नै सर्लाहीको हरिपूर्वा, पर्सा लगायतका स्थानमा आयोजित चुनावी सभालाई सम्वोधन गरे ।
मंसिर २१ को निर्वाचन नजिकिएसँगै विभिन्न दलका शीर्ष नेताहरु अहिले जिल्ला दौडाहमा निस्किएका छन् ।
प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बिहिवार सदरमुकाम मलंगवामा आयोजित चुनावी सभालाई सम्वोधन गरेका थिए ।









प्रतिक्रिया दिनुहोस्