
पीडित पक्षको माग सम्बोधन गर्न माओबादी सहमत भएपछि सहमती भएको हो ।
सहमति अनुसार मृतकका परिवारलाई रोजगारी र बालबच्चाका लागि पठनपाठनको ब्यबस्था, घाईतेको उपचार खर्च ब्यहोर्ने र रोजगारीको अवसर मिलाईने छ ।
माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र पीडितहरुबीच आज चितवनमा सहमति भएको हो ।
पीडितका तर्फबाट कृष्ण तिवारी, मंगली पुन, बिकास लामिछाने, र हरि न्युरेले हस्ताक्षर गरेको छन् भने माओबादी अध्यक्ष दाहाल आफैंले हस्ताक्षर गरेका छन् ।
माओवादी युद्धकालमा बांदरमुढे भन्ने स्थानमा यात्रुवहाक बसमा माओवादीले विस्फोट गराउँदा निर्दोष ब्यक्तिहरुको ज्यान गएको थियो ।
प्रतिक्रिया दिनुहोस्