२ असार २०८२, सोमबार | Mon Jun 16 2025


दोस्रो चरणको निर्बाचनको तयारी पूरा, आचारसंहिताबारे सचेत रहन आग्रह


0
Shares

आयोगले निर्वाचनको तयारी लगभग सकिएको भन्दै ढुक्क भएर मतदान गर्न पनि आग्रह गरेको छ ।

४५ जिल्लामा हुने दोस्रो चरणको प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको लगभग तयारी सकिएको छ ।

निर्वाचन सामग्री मतदान केन्द्रमा पुगिसकेका छन भने कर्मचारीहरुले मतदाता परिचयपत्र वितरणको तयारी थालेका छन् ।

निर्वाचनमा प्रतिनिधिसभा सदस्यतर्फ १ हजार ६ सय ६३ उम्मेद्वार चुनावी मैदानमा छन् भने प्रदेशसभा तर्फ सातै प्रदेशका गरी २ हजार ८ सय १९ जना प्रतिस्पर्धामा उत्रिएका छन् ।

दोस्रो चरणको निर्वाचनबाट प्रतिनिधिसभाका लागि १२८ र प्रदेशसभाका लागि २५६ निर्वाचित हुनेछन् । निर्वाचनमा १ करोड २२ लाख ३५ हजार ९ सय ९३ मतदाताहरुले भाग लिदैंछन् ।

सोमवार मध्य रातीपछि मौनअवधि समेत सुरु हुने भएकाले आचारसंहिता विपरितका काम नगर्न आयोगले सचेत गराएको छ ।

निर्वाचनमा युरोपेली युनियन, कार्टर सेन्टर लगायतका अन्र्तराष्ट्रिय संस्थाका ४ सय जना पर्यपेक्षक खटिनेछन् । राष्ट्रियरुपमा ५२ संस्थाका ४५ हजार पर्यवेक्षकहरुले अनुमति पाएका छन् ।

निर्वाचनको लागि १५ हजार ३ सय ४४ मतदानकेन्द्र तोकिएको छ । प्रत्येक मतदानकेन्द्र ७ देखि ९ जनाको दरले १ लाख ७५ हजार मतदान कर्मचारी खटाउने आयोगले तयारी गरेको छ ।

निर्वाचनमा २ लाख ७२ हजार कर्मचारी खटिनेछन् । सरकारले सुरक्षाको पूर्णप्रत्याभूति गरेकाले ढुक्क भएर मतदान गर्न आयोगले आग्रह गरेको छ ।

मंसीर २१ गते हुने दोस्रो चरणको निर्वाचनलाई सफल बनाउन निर्वाचन आयोग अन्तिम कसरतमा लागेको छ ।