
लोकतान्त्रिक र बामगठबन्धन दुबैले केन्द्रीय नेतालाई बोलाएरै सभा गरेका छन् । उम्मेदवार र कार्यकर्ता घरदैलो र भेटघाटमा व्यस्त छन् ।
सबैभन्दा रोचक भिडन्त स्याङ्जा क्षेत्र नं. १ मा रहेको छ । २०७० सालको चुनावमा भिडेका कांग्रेस उम्मेदवार राजु थापा र एमालेका नारायण मरासिनी यस पटक पनि भिड्दै छन् ।
दुई क्षेत्रमा सीमित यहाँ २०७० माभन्दा अहिले रोचक प्रतिष्पर्धा हुने देखिन्छ । अघिल्लो निर्वाचनमा थापाले मरासिनीलाई करीब १६ सय मतान्तरले हराएका थिए ।
तीन क्षेत्र रहेको स्याङ्जा दुई क्षेत्रमा विभाजन भएकाले यसपटक कसले बाजी मार्ला भन्ने अहिले नै अनुमान लागउन भने गाह्रो पर्ने स्थानीय बताउँछन् ।
प्रतिक्रिया दिनुहोस्