२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


प्रचण्ड मेरो प्रतिस्पर्धी नै होईननः विक्रम पाण्डे


0
Shares

सोमबार माडीमा अन्तिम घरदैलोको क्रममा पत्रकारहरुसंग कुरा गर्दै मन्त्री पाण्डेले आफू २० औं वर्षदेखि माडीको जनताको साथमा रहेको भन्दै आफ्नो जित सुनिश्चित रहेको दावी समेत गरे ।

उनले चुनाव जितेर नेता फर्किन्छ भनेर आफूले प्रमाणित गरि सकेको र यहाँको विकास निर्माण गरेको योगदानले नै आफू प्रचण्ड भन्दा माथि रहेको बताए ।

चितवन क्षेत्र नं.३ का लोकतान्त्रिक गठबन्धनबाट प्रतिनिधि सभा सदस्यका उम्मेद्वार रहेका मन्त्री पाण्डेले माओवादी अध्यक्ष प्रचण्डलाई ‘टुरिष्ट’ उम्मेद्वारको संज्ञा दिँदै जनताले आफूलाई विश्वास गरेको बताए ।

यस्तै मन्त्री पाण्डेले माडीमा जंगली जनावर नआउने गरि तटबन्ध गरिने समेत बताए । रिउ खोलामा सबै तटबन्ध गरी माडीमा जंगली जनावर प्रवेश गर्ने नसक्ने बनाईने बताए ।

आफू मन्त्री हुँदा विकास निर्माणदेखि सजताका लागि धेरै काम गरेको भन्दै अबको पाँच वर्षपनि विकास निर्माणलाई तिव्रता दिईने बताए ।

उनले पाँच वर्षे कार्यकालमा धेरै काम गर्ने भन्दै माडीका सबै सडक पिच निर्माण गरिने प्रतिवद्धता जनाए ।

यस्तै मन्त्री पाण्डेले आज माडी नगरपालिका–१ सेरुवामा घरदैलो गर्दै माडीका घेरै बाटो आफूले निर्माण गरेको स्मरण गर्दै अब पीच निर्माणलाई प्राथमिकता दिईने बताए ।