
डडेल्धुरामा सोमबार भएको चुनावी सभामा उनले एमाले माओबादीले चुनाव जितेमा अहिलेको संबिधान च्यातेर निरंकुश शासन चलाउने दाबी पनि गरे ।
सुदूरपश्चिमको विकासका लागि पञ्चेश्वर, कर्णाली र पश्चिम सेती निर्माण गर्ने उनको भनाइ थियो ।
प्रधानमन्त्री देउवाले सबै समुदायको अधिकार र समृद्धिका लागि बनेको संबिधानलाई संशोधन गरेर एक दलीय सत्ता संचालन गर्ने कम्युनिष्टहरुको रणनीतिलाई विफल पार्न यो निर्वाचनमा नेपाली काँग्रेसलाई जिताउन मतदातालाई अपिल गरे ।
सुदूरपश्चिमको विकासका लागि पश्चिममा रहेको पञ्चेश्वर र पूर्वमा कर्णाली तथा मध्य भागमा रहेको पश्चिम सेती निर्माण गर्नै प्रकृया अन्तिम चरणमा रहेकोले यस क्षेत्रको बेरोजगारीलाई ती आयोजनाको निर्माणबाट समाधान गर्न सकिने विश्वास उनले गरे ।
फरक प्रसंगमा बोल्दै प्रधानमन्त्री देउवाले काँग्रेसको बहुमत आईहाल्छ कि भनेर एमाले तर्सिएको बताउँदै एमाले अध्यक्ष ओलीको छुद्र भाषा त्यसैको परिणाम भएको बताए ।
देउवाले सोमवार डडेल्धुराको गाङखेत, नवदुर्गा २ बडम, गन्यापधुरा ३ सकायल , वडा नं.२ बडाल गरि चार स्थानमा चुनावी आम सभालाई सम्बोधन गरेका छन् ।
साँझ उनले सदरमुकामको मुख्य बजारमा पैदल हिंडेर मतदाता भेटघाट पनि गर्नेछन् ।
प्रतिक्रिया दिनुहोस्