२८ असार २०८२, शनिबार | Sun Jul 13 2025


निर्बाचनमा घरदैलो ‘विवाह उत्सव’ जस्तैः काठमाडौं ३ मा यस्तै छ रौनक(भिडियो)


0
Shares

अन्तिम प्रचारका लागि उनीहरुले सम्पूर्ण जोड लगाएको देखिन्छ । घरदैलो हेर्दा लाग्छ, अघि अघि पञ्चेबाजा, पछि पछि दुलाहा दुलहीको झ–झल्को दिने दृष्यहरु देख्न पाईन्छ ।

दुलही अन्माएपछि दुलही लिएर घरजान आतुर दुलाहा झै देखिने यी दृष्य । सबै उत्सुक छन् के होला यस्तो ? मंसिरको महिना विवाह उत्सवको अड्कल काट्नु पनि आश्चर्य त भएन ।

तर, यी सबै दृश्य चुनावी प्रचारको अन्तिम क्षणतिरका उम्मेद्वारले मतदाताको घरदैलो गर्दाको हो ।

चुनाव जति नजिकिंदो छ, चुनावी माहोल उत्ति नै चुलिँदो छ । काठमाडौं क्षेत्र नम्बर ३ मा यस्तै रमाइला दृश्यहरु देख्न पाइन्छ ।

यस क्षेत्रमा लोकतान्त्रिक गठबन्धनबाट कांग्रेस नेतृ अम्बिका बस्नेत र बाम गठबन्धनबाट एमाले नेता कृष्ण राई मैदानमा छन् । मतदाता रिझाउन उनीहरु रातसाँझ नभनी लागेका छन् ।

मतदाता खुशी पार्न अनेक उपाय गरिरहेका दुबैले विकासलाई पहिलो प्राथमिकतामा राखेका छन् । सडक, खानेपानी र व्यवस्थित पर्यटकीय शहर मुखमै झुण्डिएको छ ।

(भिडियो हेर्नुहोस)