एक्स्पोमा ५ करोडको कारोबार भएको जनाइएको छ । पाँंचदिने चेम्वर एक्स्पोको ५० हजार भन्दा वढीले अवलोकन गरेको पनि जनाइएको छ ।
एक्स्पो संयोजक राष्टभूषण चाकुबजीले एक्स्पो स्टलमा रहेका विभिन्न कम्पनीका गाडीहरुको अर्डर वढी भएको जानकारी दिए ।
साथै निर्माण सामाग्रीका रुपमा रहेका भूकम्प प्रतिरोधात्मक प्यालनलहरुको अर्डर वढी देखिएको पनि जनाइएको छ ।
एक्स्पोमा दुई सय २५ वटा स्टलहरु राखिएका थिए । एक्सपोमा नेपालसहित कोरिया, थाइल्याण्ड, भारत, चीन, जापान, पाकिस्तान र वंगलादेश गरी आठ वटा मुलुकहरुको सहभागिता रहेको थियो ।









प्रतिक्रिया दिनुहोस्