सोमबार अनामनगरमा महालेखा परीक्षकको कार्यालय भवन शिलान्यास गर्दै उनले उक्त चिन्ता व्यक्त गरेकी हुन् ।
आर्थिक प्रशासन कायम गरी राज्यको श्रोत निगरानीमा महालेखा परीक्षकको कार्यालयको भूमीका अहं हुने भन्दै यस तर्फ पनि राष्ट्रपति भण्डारीले ध्यानाकर्षण गराइन् ।
महालेखा परीक्षक टंकमणी शर्माले सार्वजनिक निकायको बेरुजू बढ्दै ४ खर्ब पुगेको भन्दै लेखापरीक्षण नतिजाको कार्यान्वयन मार्फत् आर्थिक अनुशासन कायम गर्न सार्वजनिक पदमा रहेका पदाधिकारीहरुले ध्यान दिनुपर्नेमा जोड दिए ।
आफु ६ बर्षे कार्ययोजना अनुसार अगाडी बढीरहेको र हाल कार्यालयको आन्तरिक व्यवस्थापनमा सुधारका प्रयाशहरु भैरहेको उनले उल्लेख गरे ।
यस बर्ष देखि स्थानीय तहको लेखापरीक्षण शुरु गरिसकिएको र संगठनात्मक व्यवस्था र कार्यप्रणालीमा सुधार, कानूनी सुधार, लेखापरीक्षण प्रक्रिया लगायतमा सुधार गर्ने कार्ययोजना कार्यान्वयन भैरहेको पनि शर्माले जानकारी गराए ।
बबरमहलमा रहेको कार्यालयमको भवन ०७२ बैसाखको भूकम्पले क्षतिग्रस्त भएसंग विभिन्न स्थानमा भाडामा भवन लिई कार्यसञ्चालन हुँदै आएको छ ।
५ सय कर्मचारी रहेको कार्यालयको आफ्नै भवन नहुँदा कार्यसञ्चालनमा कठिनाई भैरहेको जनाइएको छ । ५५ करोड बराबरमा निर्माण सम्झौता भएको भवन ०७६ भदौ भित्र बनाइसकिने जनाइएको छ ।









प्रतिक्रिया दिनुहोस्