
७७ जिल्ला मध्ये खुल्ला दिशामुक्त घोषणा गरिएको हुम्ला ४३ औं जिल्ला हो । ‘स्वच्छ पानी चर्पीयुक्त घर, सुरक्षित समाज हुम्लाको रहर’ भन्ने परिकल्पना साथ हुम्लालाई खुल्ला दिशामुक्त जिल्ला घोषणा गरिएको हो ।
हुम्लाका सबै १० हजार १२५ घरधुरीले चर्पीको प्रयोग गर्न थालेको दावी गर्दै खुल्ला दिशामुक्त घोषणा गरिएको हो । जिल्लाका ९५ प्रतिशत चर्पी सुरक्षित र पक्की रहेको, ८३ प्रतिशत घरधुरीलाई खानेपानीको पहुँच पुगेको ५ प्रतिशत घरधुरीमा व्यक्तिगत धाराको पहँुच पुगेको, १६९ शिक्षण संस्था र सबै स्वास्थ्य संस्थामा शौचालयको सुविधा भएको बताइएको छ ।
सदरमुकाम सिमकोटको बजार क्षेत्रमा चारओटा सार्वजनिक शौचालय बनाइ उचित व्यवस्थापन र प्रयोग गरिएको दावी गर्दै खानेपानी, सरसफाई तथा स्वच्छता समन्वय समिति, हुम्लाले जिल्लालाई खुल्ला दिशामुक्त जिल्ला घोषणा गरेको हो ।
प्रतिक्रिया दिनुहोस्