२८ असार २०८२, शनिबार | Sun Jul 13 2025


बिग बास लिगमा सन्दिप लामिछानेको टिमले दोस्रो खेल खेल्दै


0
Shares

काठमाडौं । अस्ट्रेलियाको चर्चित बिग बास क्रिकेट लिगमा नेपाली खेलाडी सन्दिप लामिछानेको टिम मेलबर्न स्टार्सले आज दोस्रो खेल खेल्दैछ ।

सन्दिपको टोली पहिलो खेलमा सिड्नी थन्डर्ससँग डि.एल मेथड अनुसार १५ रनले हारेको थियो ।

आजको दोस्रो खेलमा सन्दिपको मेलबर्न स्टार्सले होबर्ट हरीकन्ससँग खेल्न लागेको हो । होबर्टले पहिलो खेलमा ब्रिसबेन हिटलाई हराएको थियो ।

सिड्नी विरुद्धको खेलबाट बिग बास लिगमा डेब्यु गरेका सन्दिपले आफ्नो पहिलो खेलमै २ विकेट झारेका थिए ।