Logo ११ श्रावण २०८३, सोमबार | Mon Jul 27 2026


मन्त्री बलायर दम्पत्तीद्वारा मतदान, ‘दुई कित्ताबीचको लडाई’ भएको धारणा


0
Shares

बिहीबार बिहान ९ बजेर ७ मिनेटमा मन्त्री बलायरले सो केन्द्रबाट मतदान गरेका हुन् । मन्त्री बलायरसँगै उनकी धर्मपत्नी शर्मिला बलायरले पनि सोही मतदान केन्द्रबाट मतदान गरे ।

मतदानपछि मन्त्री बलायरले संक्षिप्त प्रतिक्रिया दिँदै यो निर्वाचन लोकतन्त्रबादी र कम्यूनिष्ट शासक बीचको दुईकित्ताको लडाई भएको बताए ।

लोकतन्त्रबादीहरुको जित सुनिश्चित भएको भन्दै उनले काँग्रेसको सरकार पछि संविधानको पूर्ण कार्यान्वयन हुने र विकास निर्माणका कामहरु चुस्त, दुरुस्त र पारदर्शी रुपमा अगाडि बढ्ने विश्वास व्यक्त गरे ।

मन्त्री बलायरले मतदान गरेको राधाकृष्ण उच्च माविको मतदान केन्द्र सदरमुकामदेखि २० किमी टाढा रहेको छ ।