Logo ११ श्रावण २०८३, सोमबार | Mon Jul 27 2026


कांग्रेसले बहुमत ल्याउँछ : देउवा


0
Shares

बिहीबार डडेल्धुरास्थित गन्यापधुराको अशिग्राम माविस्थित मतदान केन्द्रमा मतदान गरेपछि सन्चारकर्मीहरुसँग कुरा गर्दै प्रधानमन्त्री देउवाले निर्वाचनबाट नेपाली कांग्रेसले बहुमत ल्याउने र सम्पूर्ण समस्याको समाधान गर्ने दाबी गरे ।

उनले समृद्ध र लोकतान्त्रिक नेपाल निर्माणका लागि आफ्नो मताधिकार प्रयोग गरेको स्पस्ट पार्दै निर्धक्क साथ आफ्नो मताधिकार प्रयोग गरी यो ऐतिहासिक निर्वाचनलाई एउटा उत्सवमा परिणत गर्न आग्रह गरे ।

प्रधानमन्त्री देउवाले बिहीबार बिहान १० बजेर २८ मिनेटमा रुवाखोला मतदान केन्द्रमा मतदान गरेका हुन् ।

मतदानपछि प्रधानमन्त्री देउवा हेलिकोप्टरबाट काठमाडौं फर्किएका छन् ।