Logo १२ श्रावण २०८३, मंगलबार | Tue Jul 28 2026


‘नयाँ संविधान लागू भयो’


0
Shares

बिहीबार इलामको सूर्योदय नगरपालिका–९ रम्फोक स्थित राष्ट्रिय आधारभूत विद्यालय केन्द्रबाट मतदान गरिसकेपछि उनले अब संविधान कार्यान्वयनसँगै देश विकासतर्फ उन्मुख भएको बताए ।

खनाल इलाम निर्वाचन क्षेत्र नम्बर–१ बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार हुन् ।

यस्तै, नेकपा एमालेका संसदीय दलका नेता तथा पूर्वसभामुख सुवासचन्द्र नेम्वाङले यो निर्वाचनसँगै मुलुकमा नयाँ संविधान लागू भएको बताए ।

इलाम नगरपालिका–७ स्थित बालमन्दिर आधारभूत विद्यालय मतदान केन्द्रमा मतदान गरेपछि नेम्वाङले भने–‘आजदेखि संविधान लागू भएको छ । यसका लागि यो निर्वाचन फलदायी भएको छ ।’

नेम्वाङ इलाम क्षेत्र नम्बर–१ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार हुन् ।

यस्तै, नेपाली कांग्रेसका नेता तथा पूर्वभौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री केशव थापाले पनि सोही केन्द्रबाट मतदान गरे ।

मतदान गरिसकेपछि थापाले यो निर्वाचनले लोकतन्त्रलाई संस्थागत गर्न सहयोग पुगेको बताए ।

उनले यो निर्वाचनसँगै लोकतन्त्रको जित सुनिश्चित भएको बताए ।

इलाम नगरपालिका–७ स्थित बालमन्दिर आधारभूत विद्यालय मतदान केन्द्रबाटै नेपाली कांग्रेसका पूर्वमहामन्त्री केबी गुरुङले पनि बिहीबार मतदान गरेका छन् ।