१९ असार २०८२, बिहिबार | Thu Jul 3 2025


धनकुटामा सुनिलकुमार थापा भन्दा एमालेका राजेन्द्र राई अगाडी


0
Shares

धनकुटा, मंसिर २३ । धनकुटामा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा मत गणना जारी छ । प्राप्त पछिल्लो परिणाम अनुसार प्रतिनिधिसभा तर्फ एमालेका राजेन्द्र राईले अग्रता लिइरहेका छन् ।

उनले १४६२३ ल्याउँदा उनका निकटतम प्रतिद्धन्द्धी राप्रपा(प्रजातान्त्रिक)का सुनिलबहादुर थापाले ९५६९ मत प्राप्त गरेका छन् ।

त्यस्तै प्रदेश सभा (क) एमालेका निरन राईले ९९६३ ल्याउँदा कांग्रेसका मनोहर नारायण श्रेष्ठले ७५४७ मत प्राप्त गरेका छन् ।

त्यस्तै प्रदेशसभा (ख)मा एमालेका ईन्द्रमणी पराजुलीले ११७१२ ल्याउँदा समाजवादी फोरमका अर्जुन थापाले ४६९६ मत प्राप्त गरेका छन् । मत गणना जारी छ ।