Logo ११ श्रावण २०८३, सोमबार | Mon Jul 27 2026


विजयी उम्मेदवारको प्रतिक्रियाः प्रतिवद्धता पूरा गर्छौ


0
Shares

काठमाडौंमा नेपाली कांग्रेसका नेता एवं काठमाडौं ४ बाट प्रतिनिधिसभामा विजयी गगनकुमार थापाले मतदाताहरुलाई धन्यवाद दिँदै अबको ५ वर्ष पूर्वप्रतिवद्धता अनुसार सार्वजनिक शिक्षा र स्वास्थ्यका क्षेत्रमा काम गर्ने बताए ।

उनले समग्र चुनावी परिणाम कांग्रेसका लागि ‘ठूलो दुर्घटना’ भन्दै कांग्रेस अहिलेकै ढंगले चल्न नसक्ने बताएका छन् ।

यसैगरी काठमाडौं ३ बाट विजयी एमाले सांसद कृष्ण राईले जनतासमक्ष गरेका बाचा पूरा गर्ने बताए ।

ललितपुर ३ बाट विजयी माओवादी केन्द्रका नेतृ पम्फा भुषालले आम जनताको भावना अनुसार अघि बढ्ने बताइन् ।

उता, मोरङ ६ बाट विजयी एमाले नेता लालबाबु पण्डितले मोरङेली जनताको भावना अनुसार भूमिका खेल्ने बताए ।