
प्रतिनिधिसभा सदस्यमा पूर्वमन्त्रीसमेत रहेका नेपाली काँग्रेसका केन्द्रीय सदस्य बलबहादुर केसीलाई तीन हजार १६७ बढी मतान्तरले पूर्व जनमुक्ति सेनाका ब्रिगेड कमाण्डर रहेका नेकपा(माओवादी केन्द्र)का पोलिटब्यूरो सदस्य हेमकुमार रार्ई विजयी भएका छन् । राईले २० हजार ९१२ र केसीले १७ हजार ७४५ मत ल्याएका छन् ।
प्रदेशसभा (क) मा वाम गठबन्धनका उत्तमकुमार बस्नेत विजयी भएका छन् । बस्नेतले काँग्रेसका प्रकाशसिंह कार्कीलाई पराजित गरेका हुन् । बस्नेतले १० हजार ६६७ र कार्कीले आठ हजार ८४६ मत ल्याएका छन् ।
प्रदेशसभा (खं) मा वाम गठबन्धनका तर्फबाट नेकपा (एमाले)का बुद्धिकुमार राजभण्डारी विजयी भएका छन् ।
राजभण्डारीले काँग्रेसका पूर्वजिल्ला सभापति समेत रहेका नेता आङगेलु शेर्पालाई पराजित गरेका हुन् । राजभण्डारीले १० हजार ३८७ र शेर्पाले सात हजार ९२९ मत प्राप्त गरेका छन् । रासस
प्रतिक्रिया दिनुहोस्