पूर्वकानुनमन्त्रीसमेत रहेका नेता खरेलले शनिबार हामीसँग कुुरा गर्दै निर्वाचन भइसकेको र परिणामको अनुमानपनि गरिसकिएको अवस्थामा काम चलाऊ सरकारले प्रदेशप्रमुख र राजधानी तोक्नसक्ने अवस्था नरहेकाले नयाँ सरकार बनेपछि उसैले ती काम गर्ने र प्रदेश सरकार बन्ने पनि बताए ।
उनले संसदलाई छलेर संविधानको व्यवस्थाविपरीत राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेश राष्ट्रपतिसमक्ष प्रस्तुत् गरिएकोमा आपति जनाउँदै नयाँ अध्यादेश आवश्यक परे नयाँ सरकारले नै ल्याउने पनि बताए ।
एमाले र माओवादी केन्द्रबीच राजनीतिक एकता भइसके पनि कानुनी र संगठनात्मक प्रक्रिया पूरा गर्न समय लाग्ने भएकाले पहिले सरकार गठन र त्यसपछिमात्र पार्टी एकता हुने उनको भनाइ थियो ।









प्रतिक्रिया दिनुहोस्