आज बिहानसम्म २५ हजार ६८३ मत गणना गर्दा दाहालले १४ हजार ५८९ मत प्राप्त गरेका छन् । उजका प्रतिद्वन्द्वी विक्रम पाण्डेले १० हजार २४० मत प्राप्त गरेका छन् ।
सो क्षेत्रमा एक लाख २५ हजार ८१८ मतदाता रहेकामा ९३ हजार ८२६ मत खसेको छ ।
यसैगरी क्षेत्र नं २ मा नेकपा (एमाले)का कृष्णभक्त पोखरेलले १४ हजार ४४७ मत र नेपाली काँग्रेसका शेषनाथ अधिकारीले आठ हजार ९९२ मत प्राप्त गरेका छन् ।
क्षेत्र नं २ मा १ लाख आठ हजार २१९ मतदाता रहेकामा ७७ हजार ४७६ मत खसेको छ ।
क्षेत्र नं १ मा नेकपा एमालेका सुरेन्द्र पाण्डेले ११ हजार १९५ र नेपाली काँग्रेसका राजेन्द्र बुर्लाकोटीले सात हजार ८८८ मत प्राप्त गरेका छन् ।
यस क्षेत्रमा एक लाख २५ हजार ८२३ मतदाता रहेकामा ९३ हजार ८२६ मत खसेको थियो









प्रतिक्रिया दिनुहोस्