
अहिलेसम्म घोषित परिणामअनुसार प्रतिनिधिसभातर्फ नेकपा एमालेले सबैभन्दा बढी सिट जितेको छ । एमालेले ५५ स्थानमा जित हासिल गर्दा नेकपा माओवादी केन्द्रले २० स्थानमा जित दर्ता गरेको छ ।
नेपाली कांग्रेसले भने अहिलेसम्म १२ स्थानमामात्र जित निकालेको छ ।
त्यसैगरी, संघीय समाजवादी फोरम नेपालले ३ स्थान, राजपा नेपालले ३ स्थान र नयाँ शक्ति पार्टीले १ स्थानमा जित दर्ता गरेका छन् भने स्वतन्त्र उम्मेदवार एक स्थानमा विजयी भएका छन् ।
पछिल्लो मतपरिणामअनुसार रौतहट–४ मा कांग्रेसका देवीप्रसाद तिमल्सिना २८ हजार २२७ मतसहित विजयी हुँदा एमालेका डा. वंशीधर मिश्र २३ हजार ०६ मत पाएर पराजित भए ।
बारा–२ मा संघीय समाजवादी फोरमका रामसहाय यादव २८ हजार १८५ मतसहित विजयी हुँदा कांग्रेसका राधेचन्द्र यादव १५ हजार ७९१ मत पाएर पराजित भएका छन् ।
कैलाली–५ मा एमालेका नारदमुनि राना २७ हजार २०२ मतसहित विजयी हुँदा कांग्रेसकी आरजु राणा देउवा २२ हजार ३२१ मत ल्याएर पराजित भइन् ।
रौतहट–३ मा माओवादी केन्द्रका प्रभु साह २७ हजार ७९९ मतसहित विजयी हुँदा कांग्रेसका सुनील यादव १८ हजार ८०६ मत ल्याएर पराजित भए ।
बर्दिया–२ मा माओवादी केन्द्रका सन्तकुमार थारु ५० हजार ५५५ मतसहित विजयी हुँदा कांग्रेसका गोपाल दहितले ३६,७३५ मत पाए ।
पाल्पा–१ मा एमालेका दलबहादुर राना ३२ हजार ५४९ मतसहित विजयी हुँदा कांग्रेसका विजय घिमिरेले २३, हजार ९९३ मत पाएर पराजित भए ।
प्रतिक्रिया दिनुहोस्