Logo ११ श्रावण २०८३, सोमबार | Mon Jul 27 2026


१० वर्षमा कायापलट गछौं : नेता खनाल


0
Shares

आफ्नो विजयपछि आइतबार चोकबजारमा आयोजित सभालाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री खनालले भने, ‘हामी बहुमत आयो भनेर आत्तिदैनौँ, धैर्य गुमाउने छैनौँ ।’ अब बन्ने वामपन्थीको सरकारले जनमुखी कार्यक्रम ल्याउने बताउँदै उनले निर्वाचनमा हारेका र अन्य दललाई पनि समेटेर अघि बढ्ने स्पष्ट गरे ।

लोकतन्त्रको रक्षा, समृद्धि र विकासमा लाग्ने प्रतिबद्धता जनाउँदै नेकपा एमालेका वरिष्ठ नेता खनालले गरिबी र बेरोजगारी उन्मूलन गर्दै पाँच वर्षभित्र समृद्ध मुलुक बनाउने दृढता व्यक्त गरे । नेपालमा अतिवाद, अधिनायकवाद र क्रान्तिको अन्त्य भएर मुलुकमा शान्ति स्थापना भएको बताउँदै नेता खनालले भने, ‘संविधान अहिले कार्यान्वयनको प्रारम्भिक चरण पूरा भएको छ ।’

समाजवादी लोकतन्त्रबाटै देशको विकास सम्भव रहेको उल्लेख गर्दै उनले यो विजय सबै लोकतन्त्रवादी नेपाली जनताको भएको स्पष्ट गरे । उनले वामपन्थीको बहुमत आएमा अधिनायकवाद आउँछ भनेर भन्नेलाई जनताले गतिलो उत्तर दिएका छन् भने ।

नेपाली कांग्रेसले पटक–पटक बहुमत ल्याए पनि देश विकास र निर्माण गर्न नसकेको आरोप लगाउँदै उनले आगामी १० वर्षभित्र देशलाई कायापलट गरिने अठोट व्यक्त गरे । विजय जुलुसमा बालबालिकादेखि वृद्धवृद्धासम्म सहभागी थिए । रासस