Logo ८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026


सरकारले गरेको राजनीतिक नियुक्तिको एमालेबाट विरोध


0
Shares

एमाले महासचिव ईश्वर पोखरेलले सोमबार विज्ञप्ति जारी गरी सरकारले सोमबार गोरखापत्र संस्थान, चलचित्र विकास बोर्डलगायतमा नियुक्ति गरेकामा विरोध गर्दै यस्ता निर्णयमा निजामती कर्मचारीका सम्बन्धित जिम्मेवार पदाधिकारीलाईसमेत संलग्न नहुन सचेत गराएका छन् ।

‘यस्तो समयमा मौका छोपेर नियुक्तिको निर्णय गरिनु सरकारको दुराशय र जनादेशविपरीत कदम हो’–विज्ञप्तिमा भनिएको छ–‘नेपाली जनताले वाम गठबन्धनलाई दुई तिहाइ बहुमतको समर्थन प्रदान गरी निर्वाचित गरेको सन्दर्भमा यस्ता जुनसुकै निर्णयको निरन्तरता नयाँ सरकारले किमार्थ नदिनेसमेत सबैमा स्पस्ट गर्दछौं ।’ रासस