
कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले मंगलबार जारी गरेको वक्तव्यमा ‘निर्वाचनकाक्रममा मंसिर २१ गते विभिन्न बुथका पाँचओटा बाकसमा जम्मा खसेको मत दुई हजार ३२८ भनी मुचुल्का गरिएकामा मतगणनापछि जम्मा सदर तथा बदर मत संख्या दुई हजार ३७० देखिएको घटनाले मतगणनाकाक्रममा फर्जी मत मिसाइएको तथ्य स्वतः स्पस्ट भएको’ उल्लेख गरेका छन् ।
‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान कार्यान्वयनको महत्वपूर्ण कडीकारुपमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतगणनामा संलग्न कर्मचारीको प्रत्यक्ष संलग्नता र निर्वाचन अधिकृतको संरक्षणमा गरिएको उक्त धाँधलीयुक्त मतगणनाको परिणामलाई नेपाली कांग्रेस अस्वीकार गर्दछ’–मुख्यसचिव पौडेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
विधि र प्रक्रियाविपरीत धाँधलीपूर्ण तरिकाले ४२ मत बढी देखाएर गरिएको अवैधानिक मतगणना र घोषित परिणामलाई बदर गरी उल्लिखित अन्तिम चरणमा मतगणना गरिएका अमरज्योति मावि ग्यारसिं, जनजुक्त शाही मावि ‘क’, जनजौकुमारी शाही आधारभूत विद्यालय ‘क’ म्याग्दे–७, व्यास–५ को उदय मावि ठूलोटार ‘ख’ र म्याग्दे–४ को मीन माविसमेतका पाँचओटा मतदान केन्द्रमा पुनः मतदानको व्यवस्था गरी स्वच्छ र निष्पक्ष निर्वाचनको प्रत्याभूति प्रदान गर्न कांग्रेसले माग गरेको छ । रासस
प्रतिक्रिया दिनुहोस्