२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


जनताको शीर झुकाउने काम गर्दैनौं : रावल


0
Shares

मंगलबार संयुक्त वाम गठबन्धनको विजयसभालाई अछामको साँफेबगरमा सम्बोधन गर्दै रावलले यस क्षेत्रको विकासका लागि कांग्रेस सभापति देउवाको भूमिका पनि महत्वपूर्ण रहने स्पस्ट पारे ।

उनले निर्वाचनबाट कांग्रेस प्रतिपक्षको भूमिकामा पुगेकाले कांग्रेसलाई नअत्तालिन आग्रह गर्दै विपक्षीप्रति वाम गठबन्धनको सरकारले कुनै भेदभाव नगर्ने जिकिर गरे ।

स्थायित्व र समृद्ध मुलुक निर्माणका लागि नेपाली जनताले वाम गठबन्धनलाई चुनेको उनको भनाइ थियो ।

उनले वाम गठबन्धनले जनताको शीर झुकाउने काम नगर्ने भन्दै सबैसँग सहकार्य गर्दै देश निर्माणको अभियानमा जुट्ने बताए ।

विजयीसभालाई सम्बोधन गर्दै नवनिर्वाचित प्रदेश सदस्य गोविन्द कुँवरले वाम गठबन्धनले निर्वाचनमा बहुमतसहित विजय हासिल गरेकाले जनताको चाहनाअनुसार काम गर्ने बताए ।

उनले प्रदेशको सरकार गठनपछि आफूहरुको ध्यान मतदातासँग गरिएका प्रतिबद्धता पूरा गर्नतर्फ रहने बताए ।