Logo ४ कार्तिक २०८३, बुधबार | Wed Oct 21 2026


समानुपातिकतर्फ एमालेको अग्रता कायमै


0
Shares

निर्वाचन आयोगको पछिल्लो मतपरिणामअनुसार एमाले १५ लाख ७४ हजार ८८६ मतका साथ पहिलो स्थानमा छ ।

एमालेलाई पछ्याउँदै नेपाली कांग्रेसले १४ लाख ७९ हजार ६५७ मत ल्याइ दोस्रो स्थान हासिल गरेको छ ।

त्यस्तै, नेकपा माओवादी केन्द्र ६ लाख २३ हजार ९७३ मतसहित तेस्रो स्थानमा छ भने चौथो स्थानमा रहेको संघीय समाजवादी फोरम नेपालले एक लाख ५६ हजार ९८२ मत पाएको छ ।

त्यसैगरी, राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले ९९ हजार ३९८, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले ९७ हजार ५२८, विवेकशील साझा पार्टीले ९५ हजार ४०८, नयाँ शक्ति पार्टी नेपालले ४८ हजार ३०१, राप्रपा प्रजातान्त्रिकले ३२ हजार ७०० र राष्ट्रिय जनमोर्चाले ३१ हजार ५८२ मत ल्याएका छन् । रासस

Skip This