
‘एक गाउँ एक उत्पादन’ अवधारणाअन्तर्गत प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाबाट जिल्ला कृषि विकास कार्यालय मकवानपुरले करिव ३५ लाख रुपैयाँ लगानी गरेर किवी खेतीसम्बन्धी तालिम, प्रविधि र विरुवा सहयोग गरेपछि बज्रवाराहीका ३० जना किसानको समूहले १० वर्षदेखि किवी खेति गरिरहेका छन् ।
अहिले बज्रवाराहीमा किवी खेती गर्नेको संख्या ५० पुगेको छ । १६ हेक्टरभन्दा बढी जग्गामा किवि खेती गरिएको छ ।
किवी बिक्रीबाट १ जना किसानले वार्षिक १० लाख रुपैयाँसम्म आम्दानी गरिरहेका छन् ।
किवी फलमा भिटामिन सी प्रसस्त पाइने भएकाले उपभोक्ताले बढी रुचाउने गरेका छन् ।
त्यसैगरी पोटासियम, तामा, भिटामिन ई लगायत अन्य पोषक तत्व समेत पाइने भएकाले यो फल महंगो मूल्यमा बिक्री हुने गरेको छ ।
मकवानपुरमा उत्पादित किवि प्रतिकिलो २ सय ५० देखि ५ सय रुपैयाँसम्ममा बिक्री हुने गरेको किसानहरु बताउँछन् ।
प्रतिक्रिया दिनुहोस्