Logo १५ चैत्र २०८२, आइतबार | Sun Mar 29 2026


अत्तरीया ७ नम्बर प्रदेशको राजधानी : भट्ट


0
Shares

आफूलाई विजयी गराउने मतदातालाई धन्यवाद दिन कैलालीस्थित आफ्नै निवासमा बुधबार पत्रकार सम्मेलन गर्दै भट्टले सबै किसिमले अत्तरीया नै प्रदेश राजधानीका लागि उपयुक्त हुने बताए । उनले सो विषयमा पार्टीमासमेत छलफल चलाउने बताए ।

पूर्वमन्त्रीसमेत रहेका भट्टले मुख्यमन्त्री पनि राजनीतिक सहमतिमा तोकिने स्पस्ट पारे ।

उनले वर्तमान काम चलाऊ सरकारले प्रदेशप्रमुख नियुक्त गर्न लागेकामा आपत्ति जनाए ।

वाम गठबन्धनको दुई तिहाइको सरकार बन्ने निश्चित भइसकेको अवस्थामा काम चलाऊ सरकारले दूरगामी किसिमका निर्णय गर्न नहुनेमा जोड दिँदै भट्टले तत्काल गर्नुपरे पनि राजनीतिक सहमतिका आधारमा प्रदेशप्रमुख नियुक्त गर्नुपर्ने धारणा राखे ।

चुनावका बेला मतदातामाझ गरेका बाचा क्रमशः पूरा गर्दै जाने उनको भनाइ थियो ।