Logo ६ असार २०८३, शनिबार | Sat Jun 20 2026


सरकारले सात प्रदेशमा संयोजक तोक्न मिल्दैन : नेपाल


0
Shares

काठमाडौं क्षेत्र नम्बर–२ का बज्रयोगिनी, लप्सीफेदीलगायतका स्थानमा स्थानीयसँगको भेटघाटपछि बुधबार आयोजित कार्यक्रममा उनले नयाँ जनादेश प्राप्त भइसकेको अवस्थामा वर्तमान सरकारले दीर्घकालीन प्रभाव पार्ने प्रदेश संयोजक तथा प्रतिनिधि नियुक्ति गर्न नैतिकरुपमा पनि नमिल्ने विचार व्यक्त गरे ।

मुलुकमा कम्युनिष्ट शक्तिले जनतालाई अधिकारसम्पन्न बनाउन लामो समय संघर्ष गरेको बताउँदै पूर्वप्रधानमन्त्री नेपालले वाम गठबन्धनको सरकार बनेपछि अधिनायकवाद तथा एकतन्त्रिय शासन नआउने प्रस्ट पारे ।

जनताले अनुभूति गर्नेगरी विकास र समृद्धिका कार्य चाँडो सुरु गरिने बताउँदै उनले पाँच वर्षभित्रमा आर्थिक सशक्तिकरणका माध्यमबाट सामाजिक रुपान्तरण गरी देशको मुहार फेर्ने प्रतिबद्धता व्यक्त गरे ।

काठमाडौं क्षेत्र नम्बर–२ बाट प्रतिनिधिसभा सदस्यमा नवनिर्वाचित नेता नेपालले प्रशासनिक ढिलासुस्तीको अन्त्य गरी भ्रष्टाचारमा शून्य सहनशीलता नीति कार्यान्वयनलाई प्राथमिकता राखेर देशमा सुुशासन कायम गर्ने विषयलाई प्राथमिकतामा राखिने बताए । रासस