
मतदाताको मतको कदर गर्दै उनले गुनासो सम्बोधनका लागि घरदैलो अभियान शुरु गरेकी हुन् । बुधबार कञ्चनपुरको बेलडाँडी गाउँपालिकाको चवन्नी बजारमा मतदाता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उनले बेलडाँडी क्षेत्रका बासिन्दालाई जिल्ला सदरमुकाम जोड्ने दैजी—बेल्डाँडी सडक निर्माणको कार्य पहिलो प्राथमिकतामा रहेको बताइन् ।
उनले तुरुन्तै गुणात्मक तरिकाले सडकलाई कालोपत्रेमा परिणत गर्नका लागि अबका केही दिनमै कार्य अगाडि बढाउनका लागि प्रयत्न गरिने बताइन् ।
कार्यक्रममा बोल्दै स्थानीय महिला कमला गुर्धामीले पहिलोपटक दोब्बर बढी मतको अन्तरले जित्नु भएका मगरलाई सरकारको शक्तिशाली मन्त्री भएको हेर्न चाहेको बताइन् ।
उनले महिलाको हकहितमा धेरै भन्दा धेरै काम गर्नुपर्नेमा जोड दिइन् । स्थानीय मतदाताले तत्काल गाउँपालिका क्षेत्रमा इन्टरनेट सेवाबाट वञ्चित भएकाले यसका लागि कार्य बढाउनका लागि पहल गरिदिन माग गरे ।
मतदाताले उठाएका सबै माग शिरोधार्य गरेर अगाडि बढ्ने महिला नेत्री मगरको भनाइ थियो । (रासस)
प्रतिक्रिया दिनुहोस्