Logo १० श्रावण २०८३, आइतबार | Mon Jul 27 2026


पार्टीको सिद्धान्त र कार्यशैलीबारे गम्भीर समीक्षा जरुरी : कमल थापा


0
Shares

शनिबार झापाको बिर्तामोडमा राप्रपा महामन्त्री एवं झापा क्षेत्र नम्बर–३ बाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य राजेन्द्र लिङ्देनको सम्मानमा गरिएको कार्यक्रममा थापाले ‘हिन्दूराज्य र राजसंस्थाको एजेन्डा बोकेर हिँडेको पार्टीले तीन प्रतिशत मत पनि पाउन नसक्नु दुःखद् हो’–भने ।

उनले पार्टीको सिद्धान्त र कार्यशैलीबारे गम्भीर समीक्षा जरुरी रहेको पनि उल्लेख गरे ।

महामन्त्री लिङ्देनले भने एउटा निर्वाचन हारे पनि पार्टी नढलेको भन्दै अध्यक्ष थापाकै नेतृत्वमा पार्टी एकजुट भएर अगाडि बढ्ने उल्लेख गरे ।