Logo १० श्रावण २०८३, आइतबार | Mon Jul 27 2026


ओलीलाई राजेश हमालले दिए बधाइ


0
Shares

बधाइ तथा शुभकामना दिन शनिबार ओली निवास बालकोटमा पुगेका नेपाली चलचित्रका चर्चित अभिनेता राजेश हमालसँग कुरा गर्दै उनले राष्ट्रियताको अडानले आम नेपालीलाई उत्साहित बनाउँदै आफूलाई दिएको जिम्मेवारी पूरा गर्ने बताए ।

ओलीले भने–‘जनता र देशले मलाई जुन विश्वास र जिम्मेवारी दिएका छन्, त्यसलाई म कुशलतापूर्व निर्वाह गर्नेछु, देश र जनताकानिम्ति मैले निर्वाह गरेको भूमिकाबाट कसैलाई पनि पछुतो हुने छैन ।’

अध्यक्ष ओलीले चलचित्र नायकहरु चलचित्रको अभिनयमामात्र सीमित नभइ देश बनाउनका लागि पनि भूमिका निर्वाह गर्नुपर्ने बताए ।

अभिनेता राजेश हमालले आगामी सरकारको नेतृत्व गरेर देशलाई स्थिरता, शान्ति र विकासको महायात्रामा अगाडि बढाउनुपर्ने भन्दै शुभकामना दिए ।

देशका लागि आवश्यक पर्दा आफू जुनसुकै सहयोग गर्न तयार रहेको हमालले बताए । रासस