
१४ औं संस्करणको चितवन हात्ती महोत्सव यही पुस ११ गतेदेखि १५ गतेसम्म हुने आयोजकले जनाएको छ ।
‘समाज, संरक्षण र समृद्धि’ भन्ने नाराका साथ महोत्सव आयोजना गर्न लागिएको आयोजक क्षेत्रीय होटल संघ चितवन, सौराहाले शनिबार पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।
यो वर्ष हात्ती वनभोज कार्यक्रम, हात्ती फास्टवाक प्रतियोगिता, हात्तीको छावाको फुटबल प्रतियोगिता, हात्ती शृंगार प्रतियोगिता महोत्सवको आकर्षण हुनेछन् ।
त्यसैगरी, हात्तीपोलो प्रतियोगिता, हात्ती पेन्टिङ प्रतियोगिता, हात्ती बर्थिङ कार्यक्रमका साथै राष्ट्रिय तथा स्थानीय कलाकारहरुको विविध साँस्कृतिक कार्यक्रम रहने जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्