२८ असार २०८२, शनिबार | Sun Jul 13 2025


मनास्लु हिमाल चढेर लमजुङ हुँदै बाहिरिने पर्यटक बढे


0
Shares

आरोहणका लागि गोरखाबाट प्रवेश गरी लमजुङबाट बाहिरिनेक्रम बढेको हो ।

मनास्लु हिमाल आरोहण गर्नेमध्ये अधिकांश पर्यटक थोरङ्ला भञ्ज्याङ पास गर्ने गर्दथे ।

तर, पछिल्ला वर्षमा थोरङ्ला पास नगरी मनाङको धारापानीबाटै लमजुङ भएर बाहिरिनेको संख्यामा वृद्धि भएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)को पर्यटन सूचना केन्द्र खुदीका रेन्जर वासुदेव न्यौपानेले बताए ।

सूचना केन्द्रकाअनुसार यो वर्ष करिब ६ हजार पर्यटक लमजुङबाट बाहिरिएका छन् ।

मनास्लु हिमाल आरोहणका लागि लमजुङबाट जाने अनुमति दिइएको भएपनि खासै पर्यटक नआएको पर्यटन व्यवसायी बताउँछन् ।