२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


आयोजकलाई उपाधि


0
Shares

काठमाडौं, पुस ५ । प्रथम त्रिज्योति अन्तरविद्यालयस्तरीय ‘सिक्स ए साइड’ फुटबल प्रतियोगिताको उपाधि आयोजक टिमले जितेको छ ।

बिहीबार विद्यालयको कपनस्थित मैदानमा भएको फाइनलमा वाग्मती विद्यालयलाई पराजित गर्दै त्रिज्योतिले उपाधि जितेको हो ।

खेल त्रिज्योतिले ४–३ ले जित्यो ।

वाग्मतीले अन्तिम समयमा आत्मघाती गोल गरेपछि त्रिज्योति विजयी भएको हो ।

त्रिज्योतिका लागि समीर राईले २ तथा लोकेन्द्र कुलुङले १ गोल गरे । पराजित वाग्मतीका कप्तान जतिन बरालले ह्याट्रिक गरे ।

आयोजकका दुईसहित २१ विद्यालयका २२ टिमले सहभागिता जनाएको प्रतियोगिताको ‘फेयर प्ले’ छहारी विद्यालयले जितेको छ ।

आयोजक विद्यालयका शनी राई प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् ।

पाँच फिटभन्दामुनिका खेलाडीलेमात्र सहभागिता जनाएको प्रतियोगिताका विजेतालाई संघीय संसदकी उपसभामुख शिवमाया तुम्बाहाम्फेले पुरस्कार वितरण गरिन् ।

उनले पुस ११ गतेदेखि बस्ने संसदले कानुनहरु निर्माण गर्ने भएकाले खेलकुद र खेलाडीका लागि विशेष योजना ल्याइने बताइन् ।