१९ असार २०८२, बिहिबार | Thu Jul 3 2025


थुप्रै माओवादी कार्यकर्ताको ज्यानको सुरक्षा गरेको छु : ओली


0
Shares

सोमबार बालकोटस्थित ओली निवासमा बधाइ तथा शुभकामना दिन पुगेको वाइसीएलका अध्यक्ष रामप्रसाद सापकोटासहितका पदाधिकारीको टोलीले यस्तो आग्रह गरेको हो ।

वाइसीएलका उपाध्यक्ष वीरु तामाङले ओलीलाई भने–‘प्रचण्डको नेतृत्वमा हामीले रगत बगायौं, अब तपाइँको नेतृत्वमा पसिना बगाउन तयार छौं, छिटो पार्टी एकीकरण गर्नुहोस् ।’

पार्टी एकीकरणपछि देशको विकास र समृद्धिका लागि आफूहरू जस्तोसुकै भूमिका निर्वाह गर्न पनि तयार रहेको प्रतिबद्धता पदाधिकारीले व्यक्त गरेका छन् ।

त्यस अवसरमा अध्यक्ष ओलीले भने–‘पार्टी एकता हुँदा कोही नेतालाई म समितिमा पर्दिनँ कि भन्ने चिन्ता होला । तर, त्यस्तो चिन्ता नगरी देश बन्छ कि बन्दैन भन्नेमा चिन्तित हुन म आग्रह गर्छु ।’

आफू प्रधानमन्त्री भएका बेला शैक्षिक योग्यताको प्रमाणपत्र राखेर ऋण दिने व्यवस्था गरेको भन्दै ओलीले आगामी सरकारले युवा स्वरोजगार कार्यक्रम ल्याउने प्रतिबद्धतासमेत व्यक्त गरे ।

युवालाई उद्यमी, अध्ययनशील, समाजको ‘रोल मोडल’ र सीपयुक्त हुन पनि ओलीले सुझाव दिएका छन् ।

१४ वर्ष जेल बसेर निस्कँदा पनि कुनै पुर्जीमा हस्ताक्षर नगरेको स्मरण गर्दै अध्यक्ष ओलीले भने–‘जेलबाट छुट्दा एउटा कागजमा हस्ताक्षर गर्न ठीक परेको त राजाको मन्त्री हुन तयार छु भनेर पो लेखेको रहेछ ! त्यही राजतन्त्र र निरंकुशताको अन्त्यका लागि विद्रोह गरेर हिँडेको मान्छे, फेरि राजाको मन्त्री खाने कुरा हुन्छ ?’

उनले थपे–‘संविधान मान्दिनँ भनेर हिँडेको मान्छेले त्यही संविधानअन्तर्गत् मन्त्री हुने कुरा हुन्छ ? २०४४ सालमा जेलबाट छुट्दा पनि सही नगरी छुटेको हुुँ, शक्तिसँग नझुक्ने, सत्यको पक्षमा लड्ने र अडानबाट कहिले विचलित नहुने स्वभाव भएकाले निर्णय लिने बेलामा नै सोच–विचार गर्ने मेरो बानी छ ।’

द्वन्द्वको बेला माओवादीका धेरै नेता–कार्यकर्तालाई आफ्नो पहलले ज्यान बचाएको सुनाउँदै ओलीले भने–‘कहिले सेनापतिलाई आग्रह गरेर, कहिले आइजीलाई त कहिले गृहमन्त्रीलाई आग्रह गरेर थुप्रै माओवादी कार्यकर्ताको ज्यानको सुरक्षा गरेको छु ।’ रासस