आज(मंगलबार) रसुवागढी नाकाको अवलोकनपछि टिमुरेमा आयोजित कार्यक्रममा बोल्दै ओलीले रसुवागढी नाकालाई अन्तर्राष्ट्रिय नाकाको रुपमा विस्तार गरिने पनि बताए ।
उनले गल्छी–त्रिशूली–वेत्रावती–मैलुङ रसुवागढी सडकलाई चार लेनको बनाउने घोषणा समेत गरे ।
यसैबीच ओलीले लाङटाङ क्षेत्रको भूकम्प प्रभावित क्षेत्रको समेत अवलोकन गर्दै सरकार बनेपछि पुनर्निर्माणलाई तत्काल अघि बढाउने आश्वासन दिए ।
ओलीसँगै एमाले महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णु पौडेल, पूर्व सभामुख सुवासचन्द्र नेम्वाङ र सचिव शंकर पोखरेललगायत रसुवा पुगेका थिए ।









प्रतिक्रिया दिनुहोस्