२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


प्रधानमन्त्रीले तत्काल राजीनामा दिएर माघभित्र नयाँ सरकार बन्नुपर्छ: महेश बस्नेत


0
Shares

मंगलबार राजधानीमा भएको कार्यक्रममा उनले माघभित्र जसरी पनि नयाँ संसद बस्नुपर्ने र नयाँ सरकार पनि बनिसक्नु पर्ने भएकाले तत्काल राजीनामा दिएर जनमतलाई कदर गर्नुपर्ने बताए ।

उनले राष्ट्रियसभा गठन सम्बन्धी अध्यादेश जनमत विपरित भएको उनको भनाइ थियो ।

कार्यक्रममा माओवादी नेता टोपबहादुर रायमाझीले राष्ट्रिय सभासम्बन्धीको अध्यादेश एकल वा बहुमतिय संक्रमणीय व्यवस्था भन्दा पनि मध्यमार्गी बाटोबाट अघि बढाउनु पर्ने बताए ।

त्यस्तै कांग्रेस नेता चन्द्र भण्डारीले अध्यादेश तत्काल राष्ट्रपतिले स्वीकृत गर्नुपर्ने बताए ।