Logo १० श्रावण २०८३, आइतबार | Sun Jul 26 2026


कांग्रेसभित्र गम्भीर चुनावी बहस: समीक्षा गर्ने कि नेतृत्व परिवर्तन गर्ने ? (भिडियो)


0
Shares

पार्टीभित्र केहिले नेतृत्वलाई दोष दिएर आफू उम्कन खोजेका छन् भने केहिले सिंगो पार्टी जिम्मेवार भएकाले कोही उम्कन नमिल्ने धारणा राखेका छन् ।

तर, कांग्रेसी युवा नेता भने समिक्षा गरेर अगाडि बढ्नुको विकल्प छैन भन्छन् । चुनाव परिणामका विषमा नेपाली कांग्रेसभित्र असन्तुष्टि बढ्दै जाँदा पार्टीभित्रका युवा नेताहरु भने समीक्षा बैंठकबाट निकास खोज्न सुझाउँछन् ।

उनीहरुले सार्वजनिक रुपमा गरिएका टिप्पणीप्रति असन्तुष्टि पनि जनाएका छन् । बाम गठबन्धनको कडा चुनौतीबीच पार्टीले चित्तबुझ्दो परिणाम प्राप्त नगरे पनि लोकप्रिय मत प्राप्त गरेको उनीहरुको तर्क छ ।

पार्टी यो अवस्थामा पुग्न मूलतः नेतृत्व तह दोषी र हावी भएको उनीहरु बताउँछन् । युवा नेता बद्री पाण्डे चुनावमा भएको हार र मुलुकलाई निकास दिन पार्टीले खेलेको भूमिकाको समीक्षा हुनु पर्ने तर्क गर्छन ।

अब पुरानो सोचमा पार्टीअघि बढ्न नसक्ने भन्दै आमूल परिवर्तनका लागि सबै तयार रहनुपर्ने उनको मत छ । अर्का युवा नेता गुरुराज घिमिरे खडेरी परेको वैचारिक बहसलाई जीवन दिंदै पार्टीलाई तंग्रयाउनुपर्ने ठान्छन् ।

पार्टी हारका लागि नेतृत्वको कार्यशैली र आन्तरिक कारण जिम्मेवार रहेको उनको निचोड छ । कांग्रेसलाई बिरासतमा होइन विचारमा चलाउनुको विकल्प नरहेको उनको बुझाइ छ ।

सरकार सञ्चालनमा नेतृत्वले गल्ती गर्दा चुनाव परिणाममा असर परेको एवं कार्यकर्ता पनि जनताभन्दा नेतामुखी बन्दा परिणाम उल्टो आएको दुबैको धारणा छ ।

पार्टी हारमा आ–आफ्नै तर्क सारेपनि अब पुरानै शैली र संस्कारले कांग्रेसलाई बचाउन नसक्नेमा भने नेताहरु एकमत देखिन्छन् ।

यो विषय व्यवहारमा कसरी झल्कने हो भन्नेचाहिं समयक्रमले पुुष्टी गर्ला ।

(भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस)