Logo १७ असार २०८३, बुधबार | Wed Jul 1 2026


फेरि पनि ओर्लियो नेप्से


0
Shares

काठमाडौं । बुधबार पनि नेप्से ऋणात्मक रह्यो । मंगलबार पनि शेयर बजार नकरात्मक नै रहेको थियो ।

उतारचढावका बीच नेप्से ५ अंकले घटेर ११ सय ६२ मा आइपुग्यो । यसदिन कारोबार भएका आधा समूह हरियो रहे भने आधा समुह ऋणात्मक भए ।

यसदिन निर्जिवन बिमा समूह १७ अंकले बढ्यो भने जीवन बिमा समूहमा ३६ अंकको गिरावट आयो ।

यसदिन वित्त समूह, उत्पादनमुलक, विकास बैंक सकरात्मक रहँदा जलविद्युत, होटल, बैंक र अन्य समुह ओरालो लागेको हो ।

यसदिन १ सय ५८ कम्पनीको १३ लाख २ हजार कित्ता शेयर ३८ करोड ७२ लाख रुपैयाँमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।