२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


थ्रीस्टार क्लबलाई नराम्रो झड्का, आर्मीसंग बराबरी


0
Shares

काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा उपाधिको दावेदार थ्रीस्टार क्लबलाई नराम्रो झड्का लागेको छ ।

चिरपरिचित प्रतिस्पर्धी त्रिभुवन आर्मी क्लबले १÷१ गोलको बराबरी खेलेपछि थ्रीस्टारलाई झड्का लागेको हो ।

खेलको ७० औं मिनेटमा निराजन खड्काले थ्रीस्टारका लागि गोल गरेका थिए ।

तर अन्तिम समयमा थ्रीस्टार सम्हालिन नसक्दा गोल खाँदै महत्वपूर्ण दुई अंक गुमायो ।

इन्जुरी समयको अन्तिम घडीमा आर्मीका जर्ज प्रिन्स कार्कीले फ्रिकिकमार्फत सुन्दर गोल गर्दैै बराबरी गरेका हुन् । यो बराबरीले थ्रीस्टार उपाधि दावेदारीबाट टाढिएको छ ।

नवौं चरणको समाप्तिसम्म मनाङ मस्र्याङ्दी क्लब सत्प्रतिशत नतिजासहित २७ अंकबाट शीर्ष स्थानमा छ ।

दोस्रो स्थानको संकटा क्लबको २४ अंक छ भने थ्रीस्टारले २२ अंकमात्र जोडेको छ ।

चौथो स्थानको आर्मीको १८ अंक छ । पाँचौं स्थानको नेपाल पुलिस क्लबको १५ अंक भएको छ ।

पुलिसले बुधबारकै खेलमा ब्रिगेड ब्वाइज क्लबसंग १-१ को बराबरीमै चित्त बुझाउन पुग्यो ।

खेलको पाँच मिनेटमै ब्रिगेडका रितिक खड्काले गोल गर्दै टोलीलाई अग्रता दिए । पुलिसले बराबरी गर्न ७५ औं मिनेटसम्म कुर्नुपर्‍यो ।

अभिषेक रिजालले बराबरी गोल गरेका हुन् । लिगमा चार पटकको च्याम्पियन एनआरटी एक अंकसहित पुछारमै छ ।

लिगका दशौं चरणका खेलहरु शुक्रबारदेखि हुनेछन् ।